काठमाडौं। संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो।
घरमै हृदयाघात भएका उनलाई राति साढे १ बजेतिरै उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याएपनि बाटोमै निधन भइसकेको चिकित्सकले जनाएका छन्।
नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो।
नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।