काठमाडौं । बुधबार घटेको अमेरिकी डलरको भाउ बिहीबार बढेको छ। आज एक अमेरिकी डलरको बिह्री दर १३३.०८ रुपैयाँ कायम भएको छ।
बुधबार एक अमेरिकी डलरको बिक्री दर १३२.९८ रहँदा मंगलबार १३३.१६ थियो। आज एक अमेरिकी डलरको खरिद दर १३२.४८ रुपैयाँ रहेको छ।
यस्तै, आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य पनि बढेको छ। बुधबार १४२।४६ रुपैयाँमा बिक्री भएको एक युरोको मूल्य आज १४२।८९ रुपैयाँ रहेको छ। बिक्री दर आज १४२.२५ रुपेयाँ कायम भएको छ।
एक पाउन्डको आज खरिद दर १६५.३१ रुपैयाँ तय हुँदा बिक्री दर १६६.०६ रुपैयाँ पुगेको छ। हिजो एक पाउन्डको खरिद दर १६५.०१ र बिक्री दर १६५.७५ रुपैयाँ थियो।