काठमाडौं। शुक्रबार अमेरिकी डलर र युरोपियन युरोको भाउ बढेको छ। बेलायती पाउन्ड स्टर्लिङको मूल्य भने आज सामान्य घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.५६ रुपैयाँ रहँदा बिक्री दर १३३.०८ रुपैयाँ पुगेको छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.०८ रुपैयाँ थियो।
यस्तै, आज १ युरोको खरिद दर १४२.३० रुपैयाँ र बिक्री दर १४२.९५ रुपैयाँ छ। हिजो १ युरोको खरिद दर १४२.२५ र बिक्री दर १४२.८९ थियो।
आज बेलायती पाउन्डको भाउमा भने गिरावट आएको छ। आज १ पाउन्डको खरिद दर १६५.२५ रुपैयाँ र बिक्री दर १६६ रुपैयाँ तय भएको छ। हिजो १ पाउन्डको खरिद दर १६५.३१ र बिक्री दर १६६.०६ रहेको थियो।