काठमाडौं। काठमाडौं र ललितपुरका केही ठाउँमा शुक्रबारदेखि तीन दिन विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु सब–स्टेसनबाट तीन दिन ‘सटडाउन’ गर्न लागेको जनाएको हो।
टेकु सब–स्टेशन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने काम भइरहेकाले शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।
