काठमाडौं । भदौ २२ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यसपछि निरन्तर घट्दै गएको डलरको मूल्य पुनः बढ्दै गएको छ।
आज १ अमेरिकी डलरको बिक्री मूल्य १३३.४० रुपैयाँ रहेको छ। त्यस्तै, खरिद दर भने १३२.८० रुपैयाँ रहेको छ। भदौ २२ गते १ अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ पुगेको थियो। पछिल्लो समय डलर बढ्ने क्रम निरन्तर चले आउने दिनमा डलरको मूल्यले फेरि रेकर्ड ब्रेक गर्ने देखिएको छ।
यस्तै, आज १ युरोपियन युरोको बिक्री दर १४२.३१ र खरिद दर १४१.६७ तय भएको छ। १ बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर आज १६५.८७ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज पाउन्डको बिक्री दर १६५.१२ रुपैयाँ रहेको छ।