काठमाडौं। मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेर बुधबार स्थिर रहेको अमेरिकी डलरको मूल्य बिहीबार घटेको छ।
मंगलबार १ अमेरिकी डलरको बिक्री मूल्य रेकर्ड स्तरमा १३३.५४ रुपैयाँ पुगेको थियो। हिजो पनि सोही मूल्यमा स्थिर रहेकोमा आज १ अमेरिकी डलरको मूल्य १३३.२२ रुपैयाँ पुगेको हो। यस्तै, आज १ अमेरिकी डलरको खरिद मूल्य भने १३२.६२ रुपैयाँ रहेको छ।
आज युरोको भाउ भने घटेको छ। आज १ युरोको खरिद दर १४१.९२ रुपैयाँ र बिक्री दर १४२.५७ कायम भएको छ। हिजो १ युरोको १४२.३१ र बिक्री दर १४२.९५ रुपैयाँ थियो।
बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज बढेको छ। हिजो १ पाउन्ड १६५.६६ रुपैयाँमा बिक्री भएकोमा आज १ पाउन्डको बिक्री दर १६४.७१ पुगेको छ। आज १ पाउन्डको खरिद दर १६३.९६ रहेको छ।