सुलीकोट। गोरखाको गण्डकी गाउँपालिका– ८ को बरफेदीमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ। उक्त गाउँपालिकामा तोकिएको समयमै वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो।
गाउँपालिकाले संविधान दिवसको अवसर पारेर आफ्नै भवनबाट सेवा सुचारु गरेको हो। नवनिर्मित भवनको उद्घाटन गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेना साकारले गरेका हुन्। उनले धेरै वर्षपछि वडावासीले नयाँ भवनबाट सेवा प्रवाह गर्न पाउँदा खुशी लाग्नुका साथै वडा कार्यालयको प्रशासनीक कार्यमा सहज भएको बताए।
९२ लाख रुपियाँमा गाउँपालिकाको बजेटबाट निर्माण गरिएको बताइएको छ। साढे दुई तलाको वढा कार्यालयमा एक बैठक कक्ष, सभा कक्ष हल, बाहेक ६ वटा कोठा रहेको गाउँपालिकाले जनाएको छ।