काठमाडौं। आज अमेरिकी डलरको मूल्य बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।
आज १ अमेरिकी डलरको बिक्री मूल्य १३३.२५ रहँदा खरिद दर १३२.६५ रुपैयाँ रहेको छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.२२ र खरिद दर १३२.६२ रुपैयाँ थियो।
यस्तै, १ युरोपियन युरोको बिक्री दर आज १४१.९० मा झरेको छ। खरिद दर भने १४२.२६ रहेको छ। हिजो १ युरोको बिक्री दर १४२.५७ र खरिद दर १४१.९२ रहेको थियो।
आज १ पाउन्डको बिक्री दर १६३.९० र खरिद दर १६३.१७ रहेको छ। हिजो १ पाउन्डको बिक्री दर १६४.७१ र खरिद दर १६३.८३ थियो।