काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले आगामी १० असोजदेखि एक्स्पो हुने जानकारी गराएको हो।
‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने मुख्य नारासहित आयोजना हुने एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गर्ने आयोजकले जनाएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आयोजना गर्न लागेको एक्सपो १४ असोजसम्म सञ्चालन हुनेछ।
यसअघि नै आयोजकले फर्नेक्सको इभेनेट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो। पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भइसकेको एसोसिएसनले जनाएको छ ।
नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ।