पर्सा। सखुवा प्रसौनी गाउँपालिकाले जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खन्न र निकासीमा रोक लगाएको छ । गाउँपालिकाको बिहीबार बसेको बैठकले खोलाबाट हुने नदीजन्य पदार्थको उत्खन्न र निकासीमा रोक लगाउने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाँउपालिकाको साझा सम्पत्ति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तव्य भएकाले खोलाबाट कुनै पनि नदिजन्य पदार्थको उत्खनन् र निकासी पैठारीमा रोक लगाउने निर्णय गरिएको बताए।
कसैले खोलाबाट नदीजन्य पदार्थको उत्खन्न र निकासी पैठारी गरे ट्याक्टरलाई १० हजार र टिपरलाई ३० हजार जरिवाना तथा कानुन बमोजिम कार्वाही गरिने निर्णय भएको समेत पालिकाले जनाएको छ।