दमौली। तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा सभाहल निर्माण कार्य सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् सभागृह निर्माण भएको हो ।
उक्त सभागृह २३ करोड ६२ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे।एमए।प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो। सभागृह कोरोनाको कारणले निर्माणमा ढिला भएको हो।
७५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्डेनसहितको भिआइपी पार्किङ स्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ । सभागृहको यही असोज ६ गते उद्घाटन हुँदैछ ।