जुम्ला। जुम्लाको हिमा गाउँपालिका–१ स्थित आर्चायलिहीको लक्ष्मीदेवल आधारभूत विद्यालयमा पक्की भवन निर्माण गरिएको छ। पालिकाको लगानीमा ६ कोठे पक्की भवन निर्माण गरिएको हो ।
भवन अभावले पठनपाठनमा समस्या झेल्दै आएको उक्त विद्यालय पक्की भवन पाएसँगै विद्यार्थी उत्साहित भएका छन्। आचार्यलिहीमा अवस्थित सो विद्यालयमा कक्षा १ देखि ५ सम्म सञ्चालन भएको उक्त विद्यालयमा ६९ लाख लगानीमा ६ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको विद्यालयले जनाएको छ।
नवनिर्मित पक्की भवनको गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गरेका छन् ।