काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो बढेको छ भने बेलायती पाउण्ड स्टर्लिङमा झिनो गिरावट देखिएको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.०० रहँदा खरिद दर १३२.४० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोपियन युरोको बिक्री दर आज १४१.७० रुपैयाँ पुगेको छ। खरिद दर भने १४१.०६ रहेको छ। आइतबार १ युरोको बिक्री दर १४१.५० र खरिद दर १४०.८६ रहेको थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको बिक्री दर १६२.७९ र खरिद दर १६२.०६ रहेको छ। हिजो १ पाउण्डको बिक्री दर १६२.८१ र खरिद दर १६२.०७ थियो।