काठमाडौं। सानिमा बैंकले पनि बार्षिक साधारणसभा दसैंअघि नै डाकेको छ। बैंकले नौरथा लागेपछि दसैं बिदा सुरु हुनुअघि साधारणसभा डाकेको हो।
बैंकले कात्तिक २ गते गर्ने बार्षिक साधारणसभामा लाभांस प्रस्ताव गरेको छ।
बैंकले ९ प्रतिशत बोनस सेयर दिने छ। अन्य बैंकले नगदलाई प्राथमिकतामा राखेका बेला सानिमाले पुँजी कोषलाई बलियो बनाउन खोजेको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँले बढ्ने छ।
असोज २१ गतेसम्म सेयर खरीद गर्नेहरुले बैंकको लाभांशमा दावी गर्न पाउने छन्। २२ गते बुकक्लोज हुने छ।