लमजुङ। लमजुङ घर भइ रोजगारी तथा विभिन्न सिलसिलामा यूएईमा रहेका लमजुङबासीद्वारा गठित लमजुङ समाज यूएईले मानवसेवा आश्रम लमजुङको भवन निर्माणका सहयोग गरेको छ। मानवसेवा आश्रमको भवन निर्माणको लागि लमजुङ समाज यूएईले १ लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो।
लमजुङ समाज युएई संस्थागतसहित १८ जना व्यक्तिबाट संकलित रकमलाई सोमबार एक कार्यक्रमबीच मानवसेवा आश्रम भवन निर्माण समितिलाई उक्त रकम हस्तान्तरण गरिएको हो । आश्रम भवन बेंसीसहर–९ मा निर्माण भइरहेको छ।