काठमाडौं। माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने भएका छन्। ग्राहक र कर्मचारीलाई छुट दिने सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले अस्पतालमा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायत सेवामा विशेष छुट पाउने छन्। बैंकका १५ लाखभन्दा बढी ग्राहक छन्।