काठमाडौं। आज अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.८८ रुपैयाँ रहँदा बिक्री दर १३३.४८ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.७४ रुपैयाँ र बिक्री दर १३३.३४ कायम थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.८५ रुपैयाँमा झरेको छ। बिक्री दर भने १४१.४८ रुपैयाँ रहेको छ। मंगलबार १ युरोको खरिद दर १४१.२५ रुपैयाँ र बिक्री दर १४१.८९ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६१.९७ रुपैयाँ र बिक्री दर १६२.७० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.४९ रुपैयाँ र बिक्री दर १६३.२२ रुपैयाँ थियो।