काठमाडौं। आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.८६ रुपैयाँ रहँदा बिक्री दर १३३.४६ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.८८ रुपैयाँ र बिक्री दर १३३.४८ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०।२२ रुपैयाँमा झरेको छ। बिक्री दर भने १४०.८५ रुपैयाँ रहेको छ। बुधबार १ युरोको खरिद दर १४०.८५ रुपैयाँ र बिक्री दर १४१.४८ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६१.३२ रुपैयाँ र बिक्री दर १६२.०५ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.९७ रुपैयाँ र बिक्री दर १६२.७० रुपैयाँ थियो।