काठमाडौं। आज अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घट्दा युरोपियन युरोको भाउ थौरै बढेको छ।
बिहीबार १३३.४८ रुपैयाँमा बिक्री भएको १ अमेरिकी डलरको आज बिक्री दर १३३.४० तय भएको छ। यस्तै, खरिद दर भने आज १३२.८० रुपैयाँ रहेको छ।
आज १ युरोको खरिद दर १३९.८९ र बिक्री दर १४०.५२ रहेको छ। हिजो १ युरोको १४०.२२ र बिक्री दर १४१.४८ रहेको थियो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिद दर हिजो १६१.३२ रुपैयाँ र बिक्री दर १६२.७० रुपैयाँ रहेको थियो। आज भने १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६१.९० र बिक्री दर १६२.६३ रहेको छ।