काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेपाल वेयरहाउजिङ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा यो कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।
नेपाल वेयरहाउजिङ कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । ६८ करोड ७५ लाख रुपैयाँ जारी पूँजी रहेको कम्पनीले २० प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको हो ।
नेपाल वेयरहाउजिङ कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।