काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ रहँदा बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ। आइतबार पनि सोही भाउ कायम थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.१५ रुपैयाँमा झरेको छ। बिक्री दर १४०.७९ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४०.४७ रुपैयाँ र बिक्री दर १४१.११ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६१.७३ रुपैयाँ र बिक्री दर १६२.४६ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.५० रुपैयाँ र बिक्री दर १६३.२३ रुपैयाँ थियो।