काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियर लाई पक्राउ गरेको छ। सवइन्जिनियर विजया लक्ष्मी पन्तलाई घुस लिएको अभियोगमा पक्राउ गरेको हो।
भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस रिसवत माग गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो ।
आयोगका अनुसार आयोगको टोलीले निज बिजया लक्ष्मी पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सतुङ्गलबाट हिजो पक्राउ गरेको हो ।