काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेकी एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले मंगलबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन्।
भेटमा गत भदौ १३ गतेदेखि सुरु भएको एमसिसी परियोजना कार्यान्वयनबारे छलफल भएको सचिवालयले जनाएको छ ।
एलिसले यसअघि सोमबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग पनि भेटवार्ता गरेकी थिइन्।