काठमाडौं। आज अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.८४ रुपैयाँ रहँदा बिक्री दर १३३.४४ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १३९.१२ रुपैयाँमा झरेको छ। बिक्री दर १३९.७५ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १३९.६६ रुपैयाँ र बिक्री दर १४०.२९ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६०.१५ रुपैयाँ र बिक्री दर १६०.८८ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.१२ रुपैयाँ र बिक्री दर १६१.८५ रुपैयाँ थियो।