दार्चुला। भुकम्पका कारण दार्चुलाको मार्मा गाउँपालिकाको वडा नम्बर ६ को कार्यालय भवनमा क्षति पुगेको छ।
मंगलबार दिउँसो दार्चुलामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पले वडा कार्यालयको भित्ता चर्किएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको थियो। बझाङको तलकोट केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।