काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना कार्यान्वयनबाट नेपालको व्यापार एशियासँग जोड्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियासँग जोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन्।
एमसीसी परियोजनाबाट नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको उनले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको छ । परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियासँग जोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको छु । नेपालको विकासमा निरन्तर सहयोग र साथ उपलब्ध गराउँदै आएकोमा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्दछु।’