सोलुखुम्बु। आफ्नै भवन नहुँदा सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्म समस्यामा परेको छ। सशस्त्र प्रहरी गुल्मको आफ्नै भवन नहुँदा सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुको तत्कालीन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्न बाध्य छन्।
चार वर्ष अघि सोलुखुम्बुमा स्थापना भएको सशस्त्र प्रहरी गुल्मलाई मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा पीटी, परेड लगायतका दैनिक क्रियाकलापमा समेत समस्या भइरहेको सशस्त्र प्रहरीका डीएसपी दिनेश शर्माले बताए।
उनका अनुसार मापदण्ड अनुसार कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने भए पनि अहिले एक रोपनी जग्गामा खुम्चिएर बस्नुपरेको छ । गुल्ममा एक सय २० जनाको दरबन्दी भए पनि ठाउँ अभाव र दरबन्दी व्यवस्थापन गर्न नसक्दा अहिले ७० जना मात्रै रहेको कार्यालयले जनाएको छ ।