काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आमसर्वसाधारणका लागि आजबाट सेयर जारी गरेको छ। कम्पनीले असोज २२ गतेसम्म सेयर जारी गर्ने छ।
कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको १५ प्रतिशत सेयर उसले आम सर्वसाधारणका लागि छुट्याएको छ।
कम्पनीले रोजगारमा गएका नेपाली, प्रभावित वासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीलाई सेयर बाँडफाँट गरिसकेको छ।
सबैलाई बिक्रीपछि आम सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता सेयर निष्काशन गरेको हो।
कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।