काठमाडौं। आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.८९ रुपैयाँ रहँदा बिक्री दर १३३.४९ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.८४ रुपैयाँ र बिक्री दर १३३.४४ रुपैयाँ थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १३९.५६ रुपैयाँमा झरेको छ। बिक्री दर १४०.१९ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १३९.१२ रुपैयाँ र बिक्री दर १३९.७५ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६१.१६ रुपैयाँ र बिक्री दर १६१.८८ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६०.१५ रुपैयाँ र बिक्री दर १६०.८८ रुपैयाँ थियो।