काठमाडौं। हिमालयन बैंकको भवन निर्माणका लागि शिलान्यास गरिएको छ। काठमाडौं महानगरपालिका–२२ खिचापोखरी न्युरोडमा निर्माण गर्न लागिएको हिमालयन बैंकको भवनको बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीको उपस्थिति थियो । उक्त समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले इटहरी, वीरगन्ज, भैरहवा लगायत देशका विभिन्न प्रमुख शहरमा आफ्नै भवनबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको र काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।
बैंकले भरतपुर र नेपालगन्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकलाई सेवा दिने योजना रहेको उनले बताए । बैंकका हाल देशभर १७६ शाखा कार्यालय सञ्चालनमा छन् ।