काठमाडौं। आज अमेरिकी डलरको भाउ बढेको छ। यस्तै, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि आज बढेको छ।
हिजो १३३.४९ रुपैयाँमा बिक्री भएको अमेरिकी डलरको भाउ आज १३३.५१ रुपैयाँ पुगेको छ। हिजो १ अमेरिकी डलरको खरिद दर १३२.८९ रुपैयाँ थियो। आज १ डलरको खरिद दर १३३.९१ रुपैयाँ रहेको थियो।
आज १ युरोको खरिद दर १३९.८२ रुपैयाँ र बिक्री दर १४०.४५ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको १६.३७ रुपैयाँ र बिक्री दर १६२.१० रुपैयाँ कायम भएको छ।
हिजो १ युरोको खरिद दर १३९.५६ रुपैयाँ र बिक्री दर १४०.१९ रुपैयाँ थियो। हिजो १ पाउण्डको खरिद दर १६१.१६ रुपैयाँ र बिक्री दर १६१.८८ रुपैयाँ थियो।