काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ गएका छन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बझाङ गएका हुन्।
टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन , जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्ड अनुगमन पश्चात आजै काठमाडौँ फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सोमबार चैनपुरलाई केन्द्रबिन्दू बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी एक जनाको मृत्यु, १८ जना घाइते, निजी घर तीन सयबढी भत्किएको र २१ वटा सरकारी घर चर्किएको छ।