बारा। पूर्वमन्त्री तथा बारा–४ का संघीय सांसद किसान श्रेष्ठले आयल निगम अम्लेखगञ्ज डिपोमा स्थानीयले रोजगारी पाउनुपर्ने माग गरेका छन्। नेकपा एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत बाराको अम्लेखगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सांसद श्रेष्ठले यस्तो माग राखेका हुन्।
उनले निगमको अम्लेखगञ्ज डिपोमा स्थानीयले रोजगारीको अवसर नपाएको गुनासो आएको बताए।
आयल निगम अम्लेखगञ्ज डिपोमा अधिकाशं ट्यांकर चालक, सरसफाइको काम गर्ने कर्मचारी र कार्यालय सहयोगी पदमा स्थानीयले रोजगारी पाएपनि निजामती सेवातर्फ करारमा भर्ना भएका कर्मचारीहरु भने अन्यत्र जिल्लाको भएको उनको भनाइ छ।
स्थानीय युवाहरुले बेरोजगारीको समस्या झेल्नुपर्ने तर निगमले अन्यत्र जिल्लाका कर्मचारीलाई भर्ना गर्ने गरेको भन्दै स्थानीयहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने सांसद श्रेष्ठको भनाई छ।