काठमाडौं। नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बिना नामका उजुरीले निर्माण व्यवसायीलाई समस्यामा पारेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले बेनामी उजुरीका कारण निर्माण व्यवसायी अफ्ठ्यारोमा परेको बताएका हुन्। उनले यस्ता उजुरीका कारण विकास निर्माणको गति समेत ढिला भएको दाबी गरे
सांसद भण्डारीले अख्तियारले पनि यस्ता बेनामी उजुरीमा लामो समयसम्म अनुसन्धान नगर्दा यसले विकास निर्माणलाई प्रभावित पारिरहेको बताए।
उनले भने, “हुन त सुशासन कायम गर्नका लागि सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसनधान अयोगमा बेनामी उजुरी दिने व्यवस्था गरिएको हो । तर, बेनामी उजुरीका कारण विकास निर्माणको काममा बाधा पुगिरहेको छ। अख्तियारले पनि यस्ता बेनामी उजुरीमा लामो समयसम्म अनुसन्धान नगर्दा यसले हाम्रो विकास निर्माणलाई प्रभावित पारिरहेको छ ।”