काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.७१ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.३४ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४०.३४ रुपैयाँ र बिक्री दर १४०.९८ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६२.६७ रुपैयाँ र बिक्री दर १६३.४० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.३० रुपैयाँ र बिक्री दर १६३.०४ रुपैयाँ थियो।