काठमाडौं। कर्णाली प्रदेशबाट पनि यस वर्षको मनसुन लगभग बाहिरिएको छ।
लुम्बिनी प्रदेशको पश्चिम भूभागबाट पनि मनसुन बाहिरिएको मौसम पूर्वानुमान मशाखाकाले जनाएको छ।
बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभागबाट भने मनसुन असोज १९ गते नै बाहिरिएको थियो ।
औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ । अक्टोबर २ मा बाहिरिने गर्छ ।