काठमाडौं। घलेम्दी हाइड्रोले हकप्रद सेयर निष्काशन गर्न अन्तिम स्वीकृति पाएको छ। कम्पनीले १ः२ अनुपातमा अर्थात चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको हो।
कम्पनीको चुक्ता पुँजी हाल ५५ करोड छ। सेबोनबाट अनुमति पाएसँगै कम्पनीले केही समयमै १ अर्ब १० करोड बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशनको तयारी थालेको छ। उसले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।