काठमाडौं। आज अमेरिकी डलरको मूल्य बढेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५३ रुपैयाँ पुगेको छ। २० दिन अघि अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च १३३.५४ रुपैयाँमा पुगेको थियो।
यस्तै, आज युरोपियन युरोको मूल्य बढ्दा बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ। हिजो १४०.७१ रुपैयाँमा खरिद र १४१.३४ रुपैयाँमा बिक्री भएको युरोको आज खरिद दर १३९.९२ र बिक्री दर १४०.५५ रुपैयाँ तय भएको छ।
आज १ पाउण्डको खरिद दर १६१.७३ रुपैयाँ र बिक्री दर १६२.४९ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.६७ रुपैयाँ र बिक्री दर १६३.४० रुपैयाँ रहेको थियो।