काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाएको छ। असोज २६ गतेसम्म आवेदन दिन मिल्नेछ।
स्थानीय प्रभावित, रोजगारमा गएका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषलाई सेयर बिक्रीपछि कम्पनीले सर्वसाधारणका लागि सेयर खुलाएको हो।
कम्पनीले कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ। कम्तिमा १० र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।
अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसैमा आवेदन माग गरिएको छ।
४.७ मेगावाट क्षमताको आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ। प्रति मेगावाट लागत २१ करोड २३ लाख रुपैयाँ अनुमान गरिएको छ।