काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनको लागि नीति, ऐन कानून र नीतिहरु सुधार हुन जरुरी रहेको बताए ।
उनले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताए । उनले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।