काठमाडौं। जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले १७ असोजमा आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । जगदम्बाले प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियममा आईपीओ जारी गर्ने निवेदन पेश गरेको छ । कुल ६ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ ।
जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता सेयर दिँदैछ । कम्पनीले २ करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।
कम्पनीले आईपीओ निष्कासका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले लिमिटेडलाई नियुक्त गरेको छ ।