काठमाडौं। बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४औं शाखा सञ्चालनमा आएको छ। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो।
पश्चिम नेपालको व्यवसायिक हव नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको हो। संस्थाका अध्यक्षका अनुसार मार्टबाट मात्र अहिले दुई सय ८० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्। यो वर्ष लक्ष्यअनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने पनि उनको भनाइ छ।
मोफसलका ग्राहकलाई समेत एउटै छानामुनि सुलभ मूल्यमा आधुनिक किनमेलको अनुभव दिलाउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएको अध्यक्षले जानकारी दिए। हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन, उचित मूल्यमा सामान पाउनुहुनेछ। मार्ट शुभारम्भको अवसरमा सम्पूर्ण सामानमा विषेश छुट समेत दिइएको उनले बताए।
मार्ट संचालक शिवशिखर बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पुर्याउने उद्देश्यले अन्य विभिन्न क्षेत्रमा समेत लागानी विस्तार गरिरहेको छ।