काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन आवश्यक रहेको बताएका हुन् ।
उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा कठोर बन्दै जाने समेत संकेत गरे । उनले अर्थतन्त्र सुधारको टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नरहेको बताए । उनले अझै पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको बताए ।