नुवाकोट। नुवाकोटको तारकेश्वर गाउँपालिका–१ स्थित जब्बरेचौरमा रंगशाला निर्माण गर्नका लागि शिलान्यास गरिएको छ। तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले रंगशालाको बिहीबार शिलान्यास गरेका हुन्।
२० लाख रुपैयाँ लागतमा रंगशाला निर्माण गर्न थालिएको छ। शिलान्यास कार्यक्रममा अध्यक्ष अधिकारीले आगामी माघभित्र प्रारम्भिक काम सक्ने गरी कामलाई तीव्र बनाउन निर्देशन दिएका छन्। पालिकाले चालु आवमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।