धादिङ। रोटरी क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका–६ को ऐतिहासिक भैरवी मन्दिर परिसरमा शौचालय निर्माण सम्पन्न गरेको छ। निर्माण सम्पन्न गरेको शौचालय मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो।
चार लाख बराबरको लागतमा निर्माण सम्पन्न गरेको सार्वजनिक शौचालयको साँचो मन्दिर व्यवस्थापन समितिलाई बुझाएको हो । विभिन्न सामाजिक कार्य गर्दैआएको रोटरी क्लबले मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सुविधा दिन शौचालय निर्माण गरी हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
क्लबमा आबद्ध सदस्यबाटै रकम संकलनगरी शौचालय निर्माण गरेको हो। एउटै भवनभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय कोठा र पानीको सुविधा समेत मिलाइएको छ ।