काठमाडौं। काठमाडौंको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय भवन निर्माण सम्पन्न भएको छ। नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतले उक्त भवन निर्माण गरेको हो।
उक्त विद्यालय भवन १ करोड ९२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको हो। उक्त भवनको बुधबार भारतीय राजदूतावास काठमाडौं नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरी हस्तान्तरण गरे ।
भारतले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तले विद्यालय भवन निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो ।