काठमाडौं। रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलटमात्रै रहेको र पाइलट पिके सेढाइ सुरक्षित रहेको मनाङ एयरले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।
हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको भनिएपनि दुर्घटनाको कारण भने खुलेको छैन।