काठमाडौं। सार्वजनिक सवारीलाई रुट परमिट खुला भएको छ।सरकारले दशैंमा यात्रुलाई आवतजावतमा सहज बनाउन शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।
रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।