भोजपुर। पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन निर्माण भएको छ। भूकम्पबाट जीर्ण बनेपछि विद्यालयको पक्की भवन निर्माण भएको हो।
पक्की भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको विदालयले जनाएको छ।
नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो। १२ कोठा रहेको भवन भ्याटबाहेक तीन करोड २४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको छ। भवन निर्माणका लागि पाँच करोड रुपैयाँको बोलपत्र आह्वान भएको थियो।
नवनिर्मित विद्यालय भवनको गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरे। गाउँपालिका अध्यक्ष राईले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताए।