काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९३ रुपैयाँ रहँदा बिक्री दर १३३.५३ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १३९.७२ रुपैयाँ पुगेको छ। बिक्री दर १४०.३५ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १३९.८७ रुपैयाँ र बिक्री दर १४०.५० रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.४४ रुपैयाँ र बिक्री दर १६२.१७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.८२ रुपैयाँ र बिक्री दर १६२.५५ रुपैयाँ थियो।